• ३ असोज २०८३, शनिबार
  • ४ः५४ बेलुका

चाँगुनारायण नगरपालिकाका वडाहरुमा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार १२:२८

१७ श्रावण २०८०, काठमाडौँ : चाँगुनारायण नगरपालिकाले वडाहरुमा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेकोछ । आज चाँगुनारायण नगरपालिका वडा नं ४ र ७ मा अभिमुखिकरण कार्य सम्पन्न भएको छ । वडा विपद् व्यवस्थापन समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेवीका, रेडक्रस, स्थानीय प्रहरी, स्थानीय विद्यालयका शिक्षकहरु तथा संघसस्थाका प्रतिनिधिहरु सम्मिलित कार्यक्रम नगर अस्पताल तथा स्वास्थ्य कार्यालयको भवनमा संचालन गरिएको थियोे ।

National Life

चाँगुनारायण नगरपालिकाले तयार गरेको मनसुन पूर्वतयारी योजना अनुरुप डेँगी रोकथाम र नियन्त्रणका लागि समुदायमा गतिविधिहरु संचालन भइरहेकोले समुदायस्तरमा जनचेतना बढाउनको लागि संचार माध्यमका साथै सामाजिक सञ्जालको प्रयोग भइरहेको छ भने महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वयंसेवक परिचालन गरिने कुरा चाँगुनरायाण नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सत्य कुमार दुवालले बताउनुभयो । उहाँका अनुसार श्रावण १३ गतेबाट शुरु भएको अभिमुखिकरण वडा नं ३,४,५,६,७,८ र ९ मा सम्पन्न भइसकेको छ भने वडा नं १ र २ मा यसै हप्ता सम्पन्न गरिनेछ ।


अभिमुखिकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयकास्वास्थ्य कार्यालयका निमित्त प्रमुख शान्तिराम खतिवडा तथा स्वास्थ्य अधिकृत दिपक अच्छामीले डेँगी रोग, यसका लक्षण्हरु, रोकथाम तथा नियन्त्रणका उपाय, उपचार प्रक्रिया र नेपालमा यसको अवस्थाका बारेमा तथ्यांकगत विवरणका प्रस्तुतीकरण गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा उपस्थित वडा अध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुख लगायत सहभागिहरुले आफ्ना सुझाब सहित रोकथाम तथा नियन्त्रण सम्बन्धि धारणाहरु राख्न्भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा वडा अध्यक्षको नेतृत्वमा स्वास्थ्य केन्द्रका प्रमुखको संयोजनमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका बमाेिजम साविकको वडा अनुसार द्रुत प्रतिकार्य टोली पनि गठन गरियो । कार्यक्रममा चाँगुनारायाण नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाले मनसुनजन्य विपद्को बारेमा जानकारी गराउनुहुँदै पहिरो लगायतका विपद्मा नगरपालिकाका तर्फबाट भइरहेको जोखिम न्यूनीकरणका कार्यहरु र डेँगी रोकथाम र नियन्त्रणका बारेमा नगरपालिकाको तयारीका बारेमा सहभागिहरुलाई जानकारी दिनुभएको थियो ।


उहाँले नगर प्रमुख जीवन खत्रीको संयोजकत्वमा गठित नगरस्तरीय द्रुत प्रतिकार्य समितिको बैठकको निर्णयानुसार वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी वडास्तरीय द्रुतप्रतिकार्य टोली गठन गरी डेँगी रोकथाम तथा नियन्त्रणका गतिविधिहरु संचालन भइरहेको बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाले स्थानीय एफ.एम तथा रेडियो तथा सामाजिक सञ्जालबाट डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक संदेश प्रशारण गरिरहेको छ भने नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त पर्चा तथा पम्पलेट महिला स्वास्थ्य स्वयंसेवीका मार्फत समुदायमा वितरण गरिरहेकोछ । साथै डेँगीको रोकथाम र नियन्त्रणका लागि खोज तथा नष्ट गर्ने कार्य, नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा माइकिङ्ग पनि गर्न गइरहेकोछ ।

प्रतिकृया