
आई.एम.ई लाइफ इन्स्योरेन्सद्वारा ३००भन्दा बढी अभिकर्तालाई जीवनशैलीसंग सम्बन्धित रोगहरुकाबारेमा वेभिनार
प्रकाशित मिति
२०८० श्रावण १७ गते, बुधबार ०१:१३

१७ श्रावण २०८०, काठमाडौँ : आई.एम.ई लाइफ इन्स्योरेन्सद्वारो छैटौ बाषिकोत्सवको अवसरमा जीवन शैलीसंग सम्बन्धित रोगहरुकाबारेमा जानकारी गराउन आरुष लाइफस्टाइल अस्पतालसंग समन्वय गरी आफ्नातीन सयभन्दा बढी अभिकर्तालाई जुम वेभिनारको आयोजना गरेको छ ।
उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति शाहले स्वस्थ जीवनयापनको लागि आवश्यक चार सुनौला पक्षसन्तुलित भोजन, सक्रिय जीवन शैली , तनाव रहित वातावरण र धुम्रपान मद्यपान र हितजीवनशैलीको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले मधुमेह, थाइराइड, मोटोपन आदि रोगसंग सम्बन्धित आफ्ना जिज्ञासा डाक्टरद्वय समक्ष राखी उक्त समस्याहरु बारे पनि बृहत रुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कवि फुयालले आई. एम. ई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत सक्रिय भूमिका निभाउँदै स्वस्थ समाजको परिकल्पना गरेको बताउनु भयो । त्यसैगरी आउँदा दिनहरुमो विभिन्न सामाजिक उत्तर दायित्व वहन गरी अन्य कार्यक्रमहरु समेतसफलता पूर्वक आयोजना गरी छैटौ बाषिकोत्सव सम्पन्न गर्ने कम्पनीको उद्देश्य रहेको छ ।
प्रतिकृया