• २१ असोज २०८३, बुधबार
  • १०ः४० बिहान

सन् २०२२ मा नेपालबाट ५१ करोड ५४ लाख डलरकाे आइटी सेवा निर्यात

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०४:५१

१५ श्रावण २०८०, काठमाडौँ : नेपालबाट वार्षिक ५१ करोड ५४ लाख डलर बराबरको आइटी सेवा निर्यात हुने गरेको पाइएको छ । सर्वाङ्गीण विकास अध्ययन संस्था (आइआइडिएस) ले गरेको एक अध्ययनले सन् २०२२ मा मात्रै ५१५.४ मिलयन डलर बराबरको आइटी सेवा निर्यात भएको देखाएको हो । १०६ वटा आइटी सेवा निर्यात कम्पनी, १४ हजार ७२८ सफ्टवेयर विकास तथा प्रविधिमा आइटी फ्रिल्यान्सर र ५१ हजार ७८१ अन्य सूचना प्रविधिमा केन्द्रित सेवामाआवद्ध फ्रिल्यान्सरले यो मात्रामा आइटी सेवा निर्यात गरेका हुन् ।

National Life

उनीहरूले विभिन्न डिजिटल प्लेटफर्ममार्फत आइटी सेवा निर्यात गरेका हुन्। त्यस्तै, आइटी सेवाबाट मात्रै हाल ६६ हजारभन्दा बढीले रोजगारी पाएको अध्ययन प्रतिवेदनले देखाएको छ । सन् २०२२ मा आइटी सेवा निर्यातमा ६४ प्रतिशतको वृद्धिदर देखिएको छ। सन् २०२१ मा ५१ करोड ३९ लाख डलरको मात्रै आइटी सेवा निर्यात भएको थियो


उनीहरूको सेवा निर्यातबाट नेपालको कुल विदेशी विनिमय सञ्चितिमा ५.५ प्रतिशत र नेपालको अर्थतन्त्रमा १.५ प्रतिशतको योगदान पुगेको देखिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले ठूलो मात्रामा आइटी सेवा निर्यात भइरहँदा सरकारको प्राथमिकता पनि यो क्षेत्रमा रहेको बताइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले नेपालबाट धेरै श्रमिक निर्यात हुने गरेकोमा यसलाई रोकेर सेवा निर्यातमा जोड दिने प्रतिवद्धता गरिन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइटी सेवा विदेशी मुद्रा आर्जनको प्राथमिक स्रोत हुन सक्ने बताए। सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा यसले सिर्जना गरेको लाभसँग जोडिदा लाभ लिन सक्ने सम्भावना रहेको उनको भनाइ थियो ।


आइआइडिएसका कार्याकारी निर्देशक विश्वास गौचनले नेपालको आइटी सेवा निर्यातले क्रमशः फड्को मारिरहेको सन्दर्भका सेवा निर्यातबाट अर्थतन्त्रमा योगदान पुर्‍याउन र रोजगारी सिर्जना गर्नको लागि सहयोग पुर्‍याउने बताए ।

प्रतिकृया