रिद्धि सिद्धि सिमेन्ट लि.द्वारा’मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रमको आयोजना
प्रकाशित मिति
२०८० श्रावण १० गते, बुधबार ०३:०१
१० श्रावण २०८०, काठमाडौँ : रिद्धि सिद्धि सिमेन्ट लि.ले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तर दायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम ल्याएको छ।
यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तिर्ण हुनुभएका सम्पूर्ण मकवानपूर जिल्लाको विद्यार्थीहरुलाई लक्षितगरि उक्त एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्र वृत्ति कार्यक्रममा योग्य मानिने छ ।
छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोश्रो हुनेलाई रु. ३५००, तेश्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० कम्पनीले एक वर्ष सम्म उपलब्ध गराउने छ । यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट(www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा जानु भई उल्ले QR code मा scan गरी फारम भर्नुहोस् ।आवेदकको फारम बुझाउने अन्तिममितिःश्रावण २१, २०८०तोकिएको छ।








प्रतिकृया