• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

अल्जेरियामा डेढेलोमा परी कैयौं व्यक्तिको मृत्यु, हजारौँ विस्थापित

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ०२:३९

१० श्रावण २०८०, काठमाडौँ: भुमध्यसागरको जंगली क्षेत्रमा लागेको भिषण आगोले गाउँ र रिसोर्टहरू समेत जल्दा‍ ४० भन्दा बढी मानिसको ज्यान गएको छ। जसमध्ये अधिकांश अल्जेरियाका नागरिकहरू रहेका छन्। साथै हजारौँ ब्यक्तिहरू विस्थापित भएका छन् ।

National Life

अत्याधिक गर्मीका कारण ग्रिस, ट्युनिसिया, अल्जेरीया, इटालि तथा फ्रान्सका केही भागमा भिषण आगलागि भइरहेको छ। आगो अझै फैलिरहेको भन्दै ग्रिसले उद्दारमा हेलिकोप्टर परिचालन गरेको छ। उसको कोर्फु र इभिया टापु सर्वाधिक प्रभावित भएका छन्। ग्रिसका केही भागको तापक्रम ४४ डिग्रीमाथि पुगेको छ।


इटालीले आगलागीका कारण सिसिलीमा रहेको पालेर्मो विमानस्थल बन्द गरेको छ । तीब्र हावा र अत्याधिक गर्मीका कारण आगो फैलिरहेको अधिकारीहरूले जनाएका छन्। हावाको बेग उच्च हुँदा आगो नियन्त्रणकर्मीहरूलाई पनि मुस्किल परिरहेको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वाधिक प्रभावित बनेको अल्जेरियाको पूर्वी तटीय क्षेत्र बेजियाका रहेका छन् । जहाँ ३४ जनाको मृत्यु भएको थियो जसमध्ये १० शैनिकहरू रहेका छन्। उनीहरू आगोको घेरामा परेका थिए ।


अल्जेरियाका अधिकारीहरूले ८० प्रतिशत आगो नियन्त्रणमा लिएको दाबी गरेका छन्। यद्यपि, सर्वाधिक ठूलो आगो भने नियन्त्रणमा लिन नसकिएको बताए। आगो निभाउनका लागि ८ हजार कर्मचारीहरू, सयौँ दमकल र ट्रकहरु तथा विमानहरु परिचालन गरिएको जनाइएको छ।


ट्युनिसिया तथा ग्रिस, इटाली लगायतका देशले पनि प्रभावित क्षेत्रका आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।

प्रतिकृया