• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

काठमाडौँ महानगरपालिकाले अनुमति नलिएको भन्दै रोक्यो धार्मिक अनुष्ठान

प्रकाशित मिति

२०८० श्रावण ९ गते, मंगलवार ०४:५४

९ श्रावण २०८०, काठमाडौँ: अनुमति नलिइ सार्वजनिक स्थलमा धार्मिक अनुष्ठान गरिएको भन्दै काठमाडौँ महानगरपालिकाले अनुष्ठानमाथि मंगलबार अवरोध गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको हो।

National Life

स्थानीयले शंखमुल घाटनमा साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन्। महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले अनुष्ठान बन्द गर्न आग्रह गरेको हो।


पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृतिसमेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे।

Classic Tech Mobile
Classic Tech Desktop

उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे। स्थानीयले भने शंखमुल घाट धार्मिकस्थल भएकाले आफूहरुले महोत्सव गरेको बताएका थिए।

प्रतिकृया