• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

धनुषामा कार्यरत शिक्षक यादव उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी मुद्दा दायर

प्रकाशित मिति

२०८० श्रावण ७ गते, आईतवार ०३:१९

७ श्रावण २०८०, काठमाडौँ : धनुषाकाे एक विद्यालयमा कार्यरत राहत शिक्षक सीता कुमारी यादवको शैक्षिक योग्यता प्रमाणपत्र नक्कली रहेको पुष्टि भएकाे छ । यसै विरूद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीता कुमारी यादव विरूद्द मुद्दा दायर गरेकाे छ ।

National Life

सीता कुमारी यादवले साबिक श्री नवयुवक जनता प्राथमिक विद्यालयमा प्रा.वि. तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज सीता कुमारी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।

प्रतिकृया