• २९ भदौ २०८३, सोमबार
  • ३ः३७ दिउँसो

चोरीको मोटरसाइकल सहित एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०८० असार २१ गते, बिहीबार ११:१९

२१ असार २०८०, काठमाडौँ: चोरीको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका ५ बाउनधाराबाट एक जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको राजदेवी नगरपालिका १ पाथरा घर भई हाल काठमाडौँको बानेश्‍वर बस्दै आएका १६ वर्षीय विकाश तिवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

National Life

उदयपुरको कटारी नगरपालिका १२ घर भई हाल काठमाडौँको नागार्जुन बस्ने रेख बहादुर कटुवालले गत फागुन २९ गते काठमाडौँको कलंकी स्थित भट्टराई गाउँबाट बागमती प्रदेश ०२-०१९ प ४३ ६६ नम्बरको १ सय ५० सि.सि.को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२-०३२ प ३४ ५२ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायताईकाइबाट खटिएको टोलीले तिवारीलाई मोटरसाइकल सहित फेला पारी बाउनधाराबाट हिजो दिउँसो नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा आएका तिवारीलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कालीमाटीमा पठाईएको छ । सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताउनु भयो । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिकृया