• ९ असोज २०८३, शुक्रबार
  • ३ः०२ दिउँसो

एसिसी इस्टन रिजन यू-१६ : सिंगापुरलाई पराजित गर्दै नेपाल फाइनलमा

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार १२:५८

१८ असार २०८०, काठमाडौँ : नेपालले एसिसी इस्टन रिजन यू-१६ कपको फाइनलमा स्थान बनाएको छ। सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

National Life

अब नेपालले उपाधिका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। मलेसियाले सेमिफाइनलमा हङकङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। समूहचरणमा नेपाले मलेसियालाई ८४ रनले हराएको थियो।


टस जितेर पहिले ब्याटिङ गरेको नेपाली किशोर टोलीले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको स्कोर तयार गरेको थियो। नेपालका लागि ओपनर सुर्यान्सु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सुर्यान्सु ४९ बलमा ६ चौकाको सहयोगमा ४३ रन बनाउँदा निरज कुमार यादवले ४९ बलमा ४२ रन बनाए। त्यस्तै कप्तान अभिसेक तिवारीले २५ रन बनाउँदा सन्तोष यादवले १८ रनको इनिङ खेलेका थिए। थप दोहोरो स्कोरका रुपमा दिपु कुमार र प्रतिक भट्टराइले समान १२-१२ रन बनाउँदा कृतिक कामतले १० रन बनाएका थिए। सिंगापुरका लागि हरिहरनले ३ तथा कविर बेर्ली र हर्स भेनकाटरमले समान २-२ विकेट लिएका थिए।


१ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर नेपाली बलरसामु निरिह रह्यो। उसले ८७ रन जोड्दा आफ्ना सम्पूर्ण विकेट गुमाएको थियो।


सिंगापुरका लागि ओपनर रोसन रभिचन्द्रनले २४ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक थप दोहोरो स्कोरका रुपमा कविर बेर्लीले ११ प्रनभ धनुकाले १७ रन बनाउनु बाहेक उसका अन्य ब्याटरले दोहोरो रनको स्कोर तयार गर्न सकेनन्।


नेपालका लागि कीर्तिक कामतले सर्वाधिक तीन विकेट लिएका थिए।

प्रतिकृया