• १० असोज २०८३, शनिबार
  • १२ः०८ राती

टस जितेर बलिङ रोजेकाे जिम्बावेविरूद्ध कुशलको अर्धशतक

प्रकाशित मिति

२०८० असार ३ गते, आईतवार ०२:२९

३ असार २०८०, काठमाडौँ : आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले घरेलु टिम जिम्बावेविरूद्ध अर्धशतक प्रहार गरेका छन्। घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशलले ६३ बलमा अर्धशतक प्रहार गरे। उनले ८ चौका प्रहार गरे।

National Life

यससँगै कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्। ओपनरद्वय कुशल र आसिफ शेखले ८४ रनको साझेदारी गरिसकेका छन्। नेपालका लागि कुशल (५० रन) र आसिफ (२९ रन) बनाएर खेलिरहेका छन्।


नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।

Classic Tech Mobile
Classic Tech Desktop

एकदिवसीय वरीयताको कुरा गर्ने हो भने जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ। प्रतियोगिताका लागि दश दिन दक्षिण अफ्रिकामा तयारी गर्दा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल पराजित भएको थियो।


१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।


आज आयोजक जिम्बावेसँग खेलेपछि यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।


पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।


सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

प्रतिकृया