• २ असोज २०८३, शुक्रबार
  • ३ः५४ राती

मेयर बालेनकाे चेतावानीका बीच हलमा ‘आदिपुरुष’ प्रदर्शन गर्ने

प्रकाशित मिति

२०८० असार १ गते, शुक्रबार ०१:३७

१ असार २०८०, काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनी उलंघन भएको छ।

National Life

चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले बताए। उनका अनुसार बिहान केएल टावरस्थित फिल्महलबाहेक अन्त फिल्म रिलिज नभएको बताए।


तर संघमा छलफल गरिएलगत्तै महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’ सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको बताए। उनले आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको पनि बताए।

Classic Tech Mobile
Classic Tech Desktop

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दमाथि आपत्ति जनाएका थिए। उनले जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सो शब्द सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए। त्यसका लागि ३ दिनको समय दिइएको उनको भनाइ थियो।

प्रतिकृया