• १० असोज २०८३, शनिबार
  • ६ः४३ बेलुका

बजेटमाथिको छलफल सकियो, अर्थमन्त्रीले भोलि जवाफ दिने

प्रकाशित मिति

२०८० जेष्ठ २८ गते, आईतवार ०४:०३

२८ जेठ २०८०, काठमाडौँ: आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ । प्रतिनिधिसभामा बजेटमाथि आइतबार (आज)सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए ।

National Life

आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् ।


भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया