अन्तर्राष्ट्रिय लगानी नआए निजगढ विमानस्थल सरकार आफैं बनाउँछ : पर्यटनमन्त्री भट्टराई
प्रकाशित मिति
२०७६ श्रावण २८ गते, मंगलवार ०१:३९
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने बताउनु भएको छ ।
आज राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि फर्कने मुडमा नरहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘यो विमानस्थल निर्माणमा जति रकम लगानी लाग्छ, त्यो सबै एकैवर्षमा लाग्ने होइन, ‘वार्षिक २०२२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा होइन ।’
आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सरकारले अब चाहिँ आयोजना बनाउछ है भन्ने प्रतिवद्दता देखाउन समेत शिलान्यास हुन्छ ।’






प्रतिकृया