• २८ भदौ २०८३, आइतबार
  • ३ः१५ दिउँसो

राठी समूहको ‘म्यानुफ्याक्चरिङ’ उद्योगमा भीषण आगलागी

प्रकाशित मिति

२०८० बैशाख २९ गते, शुक्रबार ११:१०

२९ वैशाख २०८०, विराटनगर : मोरङको बूढीगंगास्थित राठी समूहको म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी भइरहेको छ । आज बिहान करिब २ बजेदेखि आगलागी सुरु भएको हो । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

National Life

बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । यकिन कारण खुल्न बाँकी छ । उक्त उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्ने गर्छ ।


आगो निभाउन मोरङ र सुनसरीका १२ दमकल परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली आगलागी नियन्त्रणमा लिन खटिएको डीएसपी दाहालले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया