• २४ जेठ २०८३, आइतबार
  • ८:५८ बेलुका

आज प्रतिनिधिसभाको बैठक बस्दै

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ०९:३६

२६ वैशाख २०८०, काठमाडौँ : आज प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेकाे हाे। बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने संघीय संसद सचिवालयले जनाएकाे छ।


सोमबारबाट सुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ।

Kamana Sewa

वैशाख २७ गते भने सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरूले संसदमा उठाएका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा जवाफ दिने कार्यक्रम छ।

Classic Tech Desktop

प्रतिकृया