• २४ जेठ २०८३, आइतबार
  • ३:५३ बेलुका

अर्थमन्त्रीलाई कांग्रेस सांसद पन्तको सुझाव : ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनुस्

प्रकाशित मिति

२०८० बैशाख २५ गते, सोमबार ०४:३८

२५ वैशाख २०८०, काठमाडौँ: नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिएकी छन् । राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै कांग्रेस सांसद पन्तले यो पनि गर्ने र त्यो पनि गर्ने भन्ने तर, खास रुपमा केही नगर्ने प्रवृत्ति त्याग्न उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएकी हुन् ।


‘बिरालो बाँधेर सराद्धे गर्ने काम नगरौं । ठ्याक्कै के गर्ने हो भनौं’, उनले बैठकमा भनिन्, ‘किसानले उत्पादन गरेको उपजको बजारको ग्यारेन्टी गरौं । कसरी गर्ने ठ्याक्कै भनौं ।’ भन्सारको चुहावट रोक्न के गर्ने हो त्यो स्पष्ट भन्ने, वैदेशिक लगानी बढाउने मात्रै नभनेर लगानीका लागि वातावरण बनाउन ठ्याक्कै के गर्ने हो त्यो भन्नुपर्ने उनको राय छ ।

Kamana Sewa

अव्यवस्थ्ति बसोबासलाई व्यवस्थित बनाएर एकीकृत वस्ती विकासको अवधारणा कार्यान्वयन गर्न पनि उनले सरकारलाई सुझाव दिइन् । ‘एकीकृत बसोबासका लागि सुरुवात नै गरौं । यसो हुँदा जंगली जनावरको डर र त्रास कम हुन्छ । शिक्षा र स्वास्थ्यका लागि पनि सहजता प्राप्त हुन्छ ।’ पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ ?’

Classic Tech Desktop

बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने सांसद पन्तले बताइन् । ‘बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने’ सांसद पन्तले भनिन्, ‘यति ग¥यो भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रबाट चलायमान बनाउन सक्छौं ।’


उनले निराशाका कुरा नगर्न सरकारलाई सुझाव पनि दिइन् । ‘कहिले श्रीलंका भनेका छौं के भनेर गुनासो गरेका छौं । काम गर्न बसेका ठाउँका मान्छेले गुनासो गर्ने होइन । जनतालाई सधैं रुन्चे बनेर देखाएर हुन्छ ?’ उनको प्रश्न छ, ‘बाबु आमा रुन्चे भए भने सन्तानले कसरी प्रगति गर्छ ?’

प्रतिकृया