• २४ जेठ २०८३, आइतबार
  • ९:०२ बेलुका

सांसद अमरेश सिंहविरुद्ध अख्तियारमा उजुरी

प्रकाशित मिति

२०८० बैशाख २५ गते, सोमबार ०२:५८

२५ वैशाख २०८०, काठमाडौँ: स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आरजु देउवा निकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।


सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ । कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थालेका हुन् । त्यसयता उनले ठूलो आर्थिक फड्को मारेको र निर्वाचनमा मतदाता पनि किनेको दाबी उजुरीमा गरिएको छ ।

Kamana Sewa

‘२०६३ सालबाट एकै पटक नेपाली कांग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको छ,’ उजुरीमा भनिएको छ, ’निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो ।’

Classic Tech Desktop

सर्लाहीबाट आर्थिक चलखेलले पटक–पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरेको र आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको आरोप उनलाई लगाइएको छ । सोमबार बसेको संसद बैठक सुरु हुने बित्तिकै विरोधमा उत्रिएका अमरेशले बोल्न नपाएको भन्दै शरीरको माथिल्लो भागको सबै लुगा खोलेर विरोध गरेका थिए ।

प्रतिकृया