• १० असोज २०८३, शनिबार
  • १ः३२ राती

नेपाललाई सातौँ सफलता

प्रकाशित मिति

२०८० बैशाख १८ गते, सोमबार ११:४३

वैशाख १८, २०८०, काठमाडौँ: एसिसी प्रिमियर कप क्रिकेटको फाइनल युएईविरुद्ध नेपालले सातौँ सफलता हात पारेको छ। सन्दीप लामिछानेले ५ रन बनाएका यूएईका आयान अफजल खानलाई आफ्नो शिकार बनाएका हुन् । खेलमा उनको यो दोस्रो विकेट हो । यूएईले ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ ।

National Life

यसअघि नेपालका लागि करन केसीले दुई तथा गुल्सन झा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

प्रतिकृया