• १४ असोज २०८३, बुधबार
  • १ः३९ दिउँसो

घाँसीकुवाको व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेको माग

प्रकाशित मिति

२०८० बैशाख १५ गते, शुक्रबार ०३:४१

१५ वैशाख २०८०, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले पृथ्वीराजमार्ग विस्तार आवश्यक भए पनि यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद वाग्लेले पृथ्वी राजमार्ग घुलाम्मे रहेको पनि बताए ।

National Life

‘जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासिक तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु,’ वाग्लेले भने ।


सांसद वाग्लेले आज मात्र सांसदको शपथ लिएका थिए। उनले वैशाख १० को उपनिर्वाचनमा भारी मत र मतान्तरसहित विजयी गराएकोमा तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद पनि दिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

‘मतदाताको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन,’ उनले भने।

प्रतिकृया