• १४ असोज २०८३, बुधबार
  • १ः४६ दिउँसो

राजपरिवार सदस्यको कुनै सामाजिक सञ्जाल नरहेको स्पष्टोक्ति

प्रकाशित मिति

२०८० बैशाख १५ गते, शुक्रबार ०२:२७

१५ वैशाख २०८०, काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह तथा पूर्वयुवराज्ञी हिमानी शाहको कुनै सामाजिक सञ्जाल नरहेको पूर्वराजपरिवारको सचिवालयले जानकारी गराएको छ। पूर्वराजपरिवारको सचिवालयद्वारा जारी विज्ञप्तिमा निराधार कपोल्कल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन अनुरोध गरेको थिए ।

National Life

यसअघि पनि गत २०७८ साल मंसिर २३ गते जारी विज्ञप्तिमा पूर्व राजपरिवार सदस्यको कुनै सामाजिक सञ्जाल नरहेको बताइएको थियो।


हिजो बिहीबार एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलामा आयोजित एक कार्यक्रममा पूर्वराजा शाहप्रति असभ्य भाषा प्रयोग गर्दै ‘छोराबुहारीलाई अगाडि सारेर धेरै फुरफुर नगर्न चेतावनी दिएका थिए । ओलीले हिमानी शाहको फेक ट्विटलाई उद्धृत गर्दै पूर्वराजपरिवारप्रति असभ्य भाषा प्रयोग गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया