तत्कालीन नेकपा माओवादी सम्बद्ध अयोग्य लडाकुलाई पैसा बाँडिए आन्दोलन थाल्ने एमालेको चेतावनी
प्रकाशित मिति
२०८० बैशाख १५ गते, शुक्रबार ०२:२४
१५ वैशाख २०८०, काठमाडौँ: तत्कालीन नेकपा माओवादीसम्वद्ध अयोग्य लडाकुलाई रकम बाँडिए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले प्रमाणीकरण गर्ने क्रममा अयोग्य ठहरिएकाहरुलाई प्रतिव्यक्ति २/२ लाख रुपैयाँका दरले रकम बाँड्ने निर्णय सरकारले बिहीबार गरेको थियो।
सरकारको उक्त निर्णयलाई लिएर एमालेले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आलोना गरेको छ । एमालेका प्रमुख सचेतक सचेतक पदम गिरिले अहिले देशको अर्थतन्त्र गम्भीर संकटमा परेको स्मरण गराउँदै सरकारले कार्यविधि बनाएर पैसा बाँड्ने गरी गरेको निर्णय फिर्ता लिन माग गरेका हुन् ।
ुसरकारले एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाको नाममा चालु आर्थिक वर्षमै दिने गरी छुट्टाएको छु, उनले भने, ुसत्य निरुपण तथा मेलमिलाप आयोगको काम १६ वर्षदेखि अलपत्र छ । तर सरकारलाई त्यसतर्फ चासो छैन। देशको ढुकुटीको पैसा लडाकुका नाममा कार्यकर्ताहरुलाई बाँड्ने कुरा गलत छ ।’







प्रतिकृया