• १९ भदौ २०८३, शुक्रबार
  • ९ः०९ राती

दोहोरो अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८० बैशाख ६ गते, बुधबार ०५:४३

६ वैशाख २०८०, काठमाडौँ: बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नयाँ वर्ष २०८० सुरु भएपछि नै लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेको हो । बुधबार १५.१३ अंकले वृद्धि हुँदा नेप्से १९२०.१२ अंकमा बन्द भएको हो ।


म्युचुअल फण्डबाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उकालो लागेको छ । विकास बैंक उपसूचक सर्वाधिक १.२७ प्रतिशतले वृद्धि हुँदा व्यापार र फाइनान्स उपसूचक पनि १ प्रतिशतभन्दा माथिले वृद्धि भएको हो ।

Kamana Sewa

नेप्सेमा वृद्धि भए पनि कारोबार रकम पनि बढ्न सकेन । बुधबार नेप्सेमा २३ हजार ५०३ वटा कारोबारमा २५ लाख ७९ हजार ३२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८७ करोड २१ लाखको कारोबार भएको छ ।

Classic Tech Desktop

बुधबार नेप्सेमा कुल २२० कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, ४१ कम्पनीको सेयर मूल्यमा गिरावट र १२ कम्पनीको सेयर स्थिर रहेको छ ।

प्रतिकृया