उपत्यकाकामा नागार्जुन पहिलो सबै भन्दा कम बेरुजु
प्रकाशित मिति
२०८० बैशाख ४ गते, सोमबार ११:११
४ वैशाख २०८०, काठमाडौँ : महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिका मध्ये नागार्जुन नगरपालिका न्यून बेरुजु कायम गरी पहिलो स्थान हासिल गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ मा नागार्जुन नगरपालिकाको ०.२२ प्रतिशत मात्र बेरुजु कायम भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल ७५३ स्थानीय तह मध्ये नागार्जुन नगरपालिका सातौ स्थानमा र बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये तेस्रो स्थानमा र उपत्यकाका १८ वटा नगरपालिका मध्ये पहिलो स्थानमा सबै भन्दा कम बेरुजु भएको स्थानीय तहको रुपमा रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नागार्जुन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले उपत्यकाका नगरपालिका मध्ये नागार्जुन सबैभन्दा कम बेरुजु कायम गरेर पहिलो स्थानमा हासिल गर्न सफल भएको बताउनुभयो उहाँले आगामी दिनमा शून्य बेरुजु कायम हुने गरी नगरपालिकाले काम गर्ने बताउनुभयो ।
महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार काठमाडौँ महानगरपालिकामा बेरुजु कुल लेखा परीक्षण गरिएको मध्ये २.६ प्रतिशत, शङ्खरापुरको १.०१, बुढानिलकण्ठ २.१९, कीर्तिपुर २.६१, तारकेश्वर ०.६१, गोकणेश्वर २.६५, टोखा ०.५९, दक्षिणकाली २.०२, कागेश्वरी मनोहरा ३.०९ र चन्द्रागिरी नगरपालिकाको १.६१ प्रतिशत बेरुजु कायम गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ललितपुर महानगरको ७.०४, गोदावरी नगरपालिकाको २.७२, महालक्ष्मीको १.७८ प्रतिशत बेरुजु कायम गरिएको छ । सूर्यविनायक १.०२, मध्यपुर १.२७, चाँगुनारायण २.२५ र भक्तपुर नगरपालिका १.५६ प्रतिशत बेरुजु कायम भएको महालेखा परीक्षकको ६० औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।








प्रतिकृया