• १० असोज २०८३, शनिबार
  • ११ः१० राती

प्रधानमन्त्री प्रचण्ड अस्वस्थ रहेका ओलीलाई भेट्न बालकोट जाँदै

प्रकाशित मिति

२०८० बैशाख ४ गते, सोमबार ०९:२२

file photo

४ वैशाख २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली अस्वस्थ भएपछि अर्का पूर्वप्रधानमन्त्री देउवा र वर्तमान प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान ९ बजे ओली निवास बालकोट जान लागेका हुन्।

National Life

बिरामी परेका ओलीलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री बालकोट जान लागेका हुन्। सोही क्रममा टिआरसी विधेयक अघि बढाउने विषयमा पनि छलफल गरिने सचिवालयले जनाएको छ।


टिआरसी विधेयक अघि बढाउने विषयमा तीनदिन अघि सभामुखको निवासमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो। त्यसपछि सो विषयमा छलफल हुन सकेको छैन। प्रधानमन्त्री प्रचण्ड टिआरसी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउने पक्षमा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

एमाले अध्यक्ष ओलीले भने विधेयकबारे संसदमा व्यापक छलफल गरेर मात्रै अगाडि बढाउनुपर्ने अडान लिएका छन् ।

प्रतिकृया