• २० भदौ २०८३, शनिबार
  • १०ः०३ राती

सुनको भाउमा वृद्धि, कति पुग्यो तोलोको ?

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ०१:१७

२९ चैत्र २०७९, काठमाडौँ: दुई दिनमा १ हजार ५०० रुपैयाँले बढेको सुन (Gold) को मूल्य कीर्तिमान नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधवार (आज) सुन तोलाको १ लाख १० हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत मंगलवार ५०० रुपैयाँ बढेको सुनको भाउ बुधवार हजार रुपैयाँ बढेको थियो ।

National Life

त्यसैगरी, आज चाँदी (Silver) को मूल्य पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४३५ रूपैयाँमा कारोबार भएको थियो ।


अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १०:४९ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार २० डलर पुगेको छ । अघिल्लो कारोबार दिन (मंगलवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार ४ डलरमा बन्द भएको थियो ।

Classic Tech Desktop

त्यसैगरी, आज डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको (Dollar) विक्री दर १३१ रुपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ ४८ पैसा थियो ।

प्रतिकृया