अवैध लागूऔषधसहित ४ जना पक्राउ
प्रकाशित मिति
२०७६ श्रावण २४ गते, शुक्रबार ०२:३९
काठमाडौं, काठमाडौं र कपिलवस्तुबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका—८ हाटे चौताराबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित काठमाडौं महानगरपालिका—१५ स्वयम्भू बस्ने नुवाकोट घर भएका २० वर्षीय सन्त बहादुर तामाङ र सोही ठाउँकै ६४ वर्षीय प्रभु नारायण कुमाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग सितापाईला र प्रहरी चौकी भिमढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा९७प३२८० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै कपिलवस्तु मायादेवी गाउँपालिका—६ रजवापुरबाट अवैध लागूऔषध जस्तो देखिने २ पुरिया खैरो धुलोसहित मायादेवी गाउँपालिका—६ बस्ने २१ वर्षीय सकुरुदिन मुसलमान र कपिलवस्तु नगरपालिका—३ बस्ने २४ वर्षीय धिरज गैरेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले रजवापुरबाट डुमरातर्फ जाँदै गरेको लु२८प५८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध जस्तो देखिने धुलो सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






प्रतिकृया