• ११ असोज २०८३, आइतबार
  • २ः२० राती

उसु महासङ्घको अध्यक्षमा बर्तौला निर्विरोध निर्वाचित

प्रकाशित मिति

२०७९ चैत्र ६ गते, सोमबार १२:०५

चैत ६, २०७९, काठमाडौँ: नेपाल उसु महासङ्घको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । उसु महासङ्घको शनिबार राति सम्पन्न साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो ।

National Life

वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुङ्गाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत तथा कोषाध्यक्षमा शङ्कर भुजेल निर्विरोध चुनिनुभयो ।


शुभराम मुनङ्गकर्मी, लव ढुङ्गाना, नवीन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिन्जत, अञ्जलि थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुसाल सदस्यमा चयन हुनुभयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासङ्घ, तदर्थ समिति गठन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नव निर्वाचित पदाधिकारीहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।त्यसअघि साधारण सभाको राखेपका उपाध्यक्ष शिव कोइरालाले लाटिम्पाटमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । साधारण सभामा केन्द्र, चार प्रदेश र विभिन्न ३० जिल्लाका गरी ६९ प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिकृया