• ११ असोज २०८३, आइतबार
  • १२ः५३ राती

नेवि संघमा स्ववियु निर्वाचनको टिकट वितरणमा अन्याय भएको भन्दै असन्तुष्टी, सच्याउन माग

प्रकाशित मिति

२०७९ फाल्गुन ३० गते, मंगलवार ०५:४१

३० फागुन, २०७९, काठमाडौँ:  नेपाल विद्यार्थी संगठनका असन्तुष्ट पक्षले स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोप लगाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेल नगर्दै असन्तुष्ट विद्यार्थी नेताहरुले गैरन्यायिक ढंगले टिकट वितरण भएको बताए । उनीहरुले पुनः सबैको सहमति र सहकार्यमा पुनः टिकट वितरण गरिनु पर्ने माग गरेका छन् ।

National Life

कार्यक्रममा नेविसंघ काठमाडौं जिल्ला सचिव उज्जवल बज्रचार्यले स्ववियु निर्वाचनको टिकट वितरणमा अन्याय भएको भन्दै देश भर विरोध गर्ने चेतावनी दिए । ‘केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जसरी टिकट वितरण गरेका छन् । हामी त्यसको देशभरबाट विरोध गछौं,’– उनले भने ।


नेविसंघका नेताजोनिस क्षेत्रीले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघका इमानदार विद्यार्थी नेताहरु माथि अन्याय गरेको बताए । नेविसंघको व्यकग्राउन्डनै थाहान भएकालाई स्ववियु निर्वाचनमा टिकट वितरण भइरहेको उनको आरोप छ । शेर्पाको यस्तो कार्य निन्दनीय र आपत्ति जनक रहेको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला समितिका कार्यवाहक अध्यक्षजीवन श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेम शाही नेविसंघ काठमाडौं जिल्ला समितिका उपाध्य क्षबविन गुरुङ, फोर्सका केन्द्रीय अध्यक्षअमन भुसाल, तरुण दलका नेता युवराज तिमल्सिना लगायतले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघ भित्रका इमानदार विद्यार्थी नेताहरु माथि अन्याय गरेको आरोप लगाए । उनीहरुले केन्द्रबाट नेविसंघको व्याकग्राउन्डनै थाहा नभएकालाई स्ववियु निर्वाचनमा टिकट वितरण भइरहेको आरोप लगाउँदै यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको बताए ।


उनीहरुले केन्द्रबाट भएको अपारदर्शी टिकट वितरण, विभिन्न जिल्ला र क्याम्पसहरुमा भइरहेको पत्रवितरण कार्य सात दिन भित्र सच्याउन माग गरेका छन् । आफूहरुको माग सुनुवाई नभएर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।

प्रतिकृया