• २६ भदौ २०८३, शुक्रबार
  • ३ः३५ दिउँसो

प्रधानमन्त्रीविरुद्धको मुद्दाबारे कांग्रेसले भन्यो- सर्वोच्चले हेर्न मिल्दैन

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार ०४:३७

२३ फागुन २०७९, काठमाडौँ: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने प्रतिक्रिया दिएको छ । उक्त मुद्दा द्वन्द्वकालीन मुद्दा रहेको उल्लेख गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भने, ‘द्वन्द्व मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट समाधान हुनुपर्छ ।’

National Life

त्यसअघि उनले भने, ‘द्वन्द्वको बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट त्यसलाई सम्बोधन गर्नुपर्छ । त्यसमा हामीहरूको तर्फबाट पनि कमीकमजोरी भएको छ । तर, यसलाई संक्रमणकालीन न्यायको प्रबन्धबाटै गर्ने हो । यसलाई रेगुलर कोटबाट फौजदारीको रूपमा हेर्ने होइन ।’


सर्वोच्च अदालतले पनि द्वन्द्वको मुद्दा संक्रमणकालीन न्याय पद्धतिबाटै हो भनेर यसअघि नै बोलिसकेको बताए । उनले भने, ‘सर्वोच्चको पछिल्लो आदेशले पनि द्वन्द्वकालमा भएको मुद्दाको संक्रमणकालीन न्यायको पद्धतिबाटै भन्ने कुरा आदेशले त्यो ठाउँ राखेको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले यो विषय राज्यको साझा मुद्दा रहेको बताए ।

प्रतिकृया