• २८ भदौ २०८३, आइतबार
  • ११ः४१ बिहान

सुदूरपश्चिम प्रदेशसभाको बैठक तीन साता पछि

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०९:०४

धनगढी, सुदूरपश्चिम प्रदेश सभाको बैठक तीन साता पनि बस्न लागेको छ। साउन ३ गते अनिश्चित समयका लागि स्थगित गरिएको बैठक शुक्रबारको लागि बोलाइएको हो। शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेशसभामा बिजनेस नहुँदा यस बिचमा बैठक चल्न सकेको थिएन। ‘प्रदेशसभामा छलफलका लागि एउटा बिजनेस आइसकेको छ’ प्रदेशसभा सचिवालय सचिव रामसिंह धामीले भन्नुभयो, ‘२४ गते बैठक बोलाइएको छ।’ बर्खे अधिवेशन अन्त्यको तयारी समेत भइरहेको उहाले बताउनु भयो ।
‘बिहीबार कार्य व्यवस्था परामर्शको बैठक आह्वान गरिएको छ’ उनले भने, ‘अधिवेशन अन्त्यको तयारी गर्ने भन्ने योजना छ।’ प्रदेशसभाबाट हालसम्म २८ वटा विधेयक पारित भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

National Life

प्रतिकृया