• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४७ राती

राष्ट्रपति निर्वाचन : आज उमेदवारले नाम फिर्ता लिन सक्ने

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार १०:३९

१६ फागुन २०७९, काठमाडौँ: राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले जनाएको छ। आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ। निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।


अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ। राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ। पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ।

Kamana Sewa

नेम्वाङलाई भने एमालेबाहेकका दलले खुलेर साथ दिएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेमकिपाले राष्ट्रपतिमा कुन दलका उम्मेदवारलाई सघाउने भन्ने विषयमा निर्णय लिइसकेका छैनन्। उम्मेदवारद्धय भने विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूलाई भेटेर आफूलाई सघाउन आग्रह गर्दै आएका छन् ।

Classic Tech Desktop

प्रतिकृया