• २० भदौ २०८३, शनिबार
  • ३ः०७ राती

सरकारमा मेरो दाबी छैन, मलाई अन्याय नगरी दिनुस् : उपसभापति खड्का

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार १०:३६

१६ फागुन, २०७९, काठमाडौँः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा सहभागी नहुने घोषणा गरेका छन्। गठबन्धन भत्किएर पुनःस्थापित हुनु खुसीको कुरो भएको जनाउँदै उनले आफू उक्त दौडमा नरहेको जनाएका हुन्।सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्,’सबैलाई प्रष्ट हाेस् अब मेराे ब्यक्तिगत दाबी कुनै कुरामा छैन।

National Life

मेराे नाम अरुसँग जाेडेर सरकारमा जाने दाबी गरेकाे भनेर मिडिया र सामाजिक संजालमा सुरु गरिएका बहसलाई अघि बढाएर कृपया मलाई अन्याय नगरी दिनुहाेस।’


खड्कालाई कांग्रेसको नेतृत्व गरेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने संभाव्य नेताको रुपमा लिइएको थियो। यसअघि उनी सरकारमा जाने मुडमा देखिएपनि अहिले भने त्यसबाट पछि हटेको जनाएका हुन्।

Classic Tech Desktop

एमालेले सत्ता छाडेसँगै प्रचण्ड नेतृत्वको सरकारमा सहभमागी हुन कांग्रेस नेताहरू दौडधुपमा लागेका छन्। राष्ट्रपतिको चुनावअघिनै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनमा छलफल सुरु भएको छ। एमाले सरकारबाट बाहिरिएपछि हाल सत्ता गठबन्धमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति, जनमत पार्टी, लोसपा र जसपा रहेका छन्।

प्रतिकृया