सकारात्मक सोचको लागि सकारात्मक सोधखोज
प्रकाशित मिति
२०७९ फाल्गुन १५ गते, सोमबार ११:०७
१५ फागुन २०७९, काठमाडौं : कान्तिबाल अस्पतालको आयोजना तथा National Institute For Career Development (Media House) को ब्यवस्थापनमा २ दिने “सकारात्मक सोधखोज”(Appreciative Inquiry) को तालिम होटल ली हिमालय लाजिम्पाटमा एउटा समारोह बिचकान्तिबाल अस्पतालका अध्यक्ष डा. बाबुराम गौतमज्यूले उद्घाटन गर्नुभयो ।
उद्घाटनकै क्रममा डा. बाबुराम गौतम ज्यूले यस तालिमले सकारात्मक सोचको एउटा तंरग ल्याउने र यस तालिमले कर्मचारीहरुको कामगर्ने जोश जाँगरमा थप उर्जा पुग्ने कुरा बताउनु भयो । डाक्टर,स्टाफनर्स, कर्मचारी तथा अन्य भूमिकामा कामगर्ने ४० जनाको सहभागीता रहेको यस तालिममा विशेष अतिथि “गुणस्तर मापन तथा नियमन महाशाखा” प्रमुख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.मदनकुमार उपाध्याय ज्यूले तालिमको सफलताको कामनागर्दै आफ्नो मन्तव्य व्यो गर्नुभयो । अर्का विशेष अतिथि कान्तिबाल अस्पतालका निर्देशक डा.युवानिधि बसौला ज्यूले तालिमको बारेमा स्पष्टपार्दै तालिमले सबैजनाको कामगर्ने जाँगर र गुणस्तर बढ्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कान्तिबाल अस्पताल विकाश समितिका सदस्यकपिल देव लामेछानेको पनि उपस्थित थियोे । अर्का अतिथि नर्सिग विभागका प्रमुख सहप्राध्यापक रोशनीलक्ष्मी तुई तुई ज्यूले सकारात्मक सोचको तालिमले सकारात्मक परिणाम आउने कुरामा आफ्नो विश्वास रहेको कुरा व्यतm गर्नुभयो ।

कार्यक्रममा National Institute For Career Development (Media House) की कार्यकारी निर्देशक सहनशीला शर्माज्यूले खादाओडाएर साथै मायाको चिनो प्रदान गरी अतिथिहरुको स्वागतगर्नुभएको थियो । बरिष्ठप्रशिक्षक रुपेन्द्र मर्हजनज्यूबाट संचालित यस तालिम २ दिनभरीको हुने कुरा कार्यक्रम संयोजक द्धय अशेष खनाल र उज्वलराजगौतमज्यूले बताउनु भयो । कार्यक्रमको समापन साउन्ड थेरापिष्टमंगलमान मर्हजनज्यूले गराउने कुरा National Institute For Career Development (Media House) का व्यवस्थापक विष्णु खड्का ज्यूले जानकारी गराउनु भयो ।





प्रतिकृया