प्रधानमन्त्रीलाई राप्रपाका मन्त्रीहरूले बुझाए राजीनामा
प्रकाशित मिति
२०७९ फाल्गुन १४ गते, आईतवार १०:२५
१४ फागुन २०७९, काठमाडाैं : हिजाे शनिबार बिहान सरकार छाड्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्। चुनावअघिको पुरानो गठबन्धन ब्युँतिएपछि शनिबार बिहान बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले सरकारमा बाहिरिने निर्णय गरेको थियो।
बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा राप्रपाका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।
सरकार छाडेसँगै राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ।







प्रतिकृया