• १३ असोज २०८३, मंगलबार
  • १ः२८ राती

ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ जना चालक प्रहरीको कारबाहीमा

प्रकाशित मिति

२०७९ फाल्गुन ९ गते, मंगलवार ११:५९

९ फागुन २०७९, काठमाडौँ: चालु आर्थिक वर्ष (२०७९/८०) को साउनदेखी हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ जना चालकलाई CCTV को सहायताबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेको CCTV कन्ट्रोल रुमले तत्काल दिएको सुचनाका आधारमा ३ हजार २९२ जना र ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई काठमाडौँ उपत्यकाको बिभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

National Life

जसमा साउन महिनामा ३४१ जना, भदौमा ६८० जना, असोजमा ४८२ जना, कार्तिकमा ३६६ जना, मंसिरमा ६६२ जना , पुषमा ९२५ जना, माघमा ८१४ जना र फागुनमा ४४ जना चालकहरू रहेका छन् । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक
राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ ।


काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा रहेको CCTV कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् । ट्राफिक नियम उलंघन गरि फरार रहेका चालकलाई भने CCTV फुटेजका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले यातायात व्यवस्था कार्यालयबाट विवरण लिएर सवारी चालक वा धनिलाई बोलाएर कारबाही गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रविधिमैत्री बन्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन वि.सं. २०७४ सालबाट CCTV र वि.सं. २०७५ सालबाट सर्भिलेन्स भेहिकलद्वारा निगरानी गर्दै आएको छ ।

प्रतिकृया