• १० असोज २०८३, शनिबार
  • १०ः५० राती

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

प्रकाशित मिति

२०७९ फाल्गुन ९ गते, मंगलवार १०:३१

९ फागुन, २०७९, काठमाडौँ: टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

National Life

केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।


भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया