• १ असोज २०८३, बिहीबार
  • ९ः४५ राती

१ अर्बको ठेक्का, प्रगति शून्य

प्रकाशित मिति

२०७६ श्रावण २२ गते, बुधबार ०९:४०

विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो ।

National Life

ठेकेदार कम्पनी द क्याराभानले मनाङमा १ अर्ब बढीको ठेक्का ओगटे पनि काम गरेको छैन । कम्पनीले मनाङका ६ वटा मोटरेबल पुल र एउटा सडक स्तरोन्नतिको जिम्मा पाएको वर्षौं बितिसक्दा पनि अधिकांश आयोजनाको प्रगति शून्य नै छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण मनाङका स्थानीय र पर्यटकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । मनाङका निम्न ठाउँमा यस्तो सम्झौता गरेको पाईन्छ ।

कम्पनीले दूधखोला मोटरेबल पुल, तिमाङ खोला पुल, पिसाङ खोला पुल, मुङ्जे खोला पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण सम्पन्न गर्नु त परैको कुरो हालसम्म प्रगति शून्य भएको छ अझै प्रक्रियामा रहेको छ ।
(नवीन लामिछाने)
नेपाल समाचारपत्रबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया