सरकारबाट बाहिरीएसँगै रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा
प्रकाशित मिति
२०७९ माघ २३ गते, सोमबार ०८:३५
२३ माघ, २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष उनीहरुले राजीनामा बुझाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले पदबाट राजीनामा दिएका हुन्।
आजै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। पार्टीको निर्णयपछि मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएका हुन्। सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै रहने रास्वपाले जनाएको छ।

Related
Recent News
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
- सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव
- क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!
- सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया