• २० भदौ २०८३, शनिबार
  • १२ः४८ राती

राष्ट्रपति भण्डारीले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

प्रकाशित मिति

२०७९ माघ २३ गते, सोमबार ०८:२६

२३ माघ, २०७९, काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् ।

National Life

राष्ट्रपति भण्डारीले यही माघ २७ गते संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।


“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ,” प्रवक्ता आचार्यले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Classic Tech Desktop

प्रतिकृया