• २० भदौ २०८३, शनिबार
  • १२ः४८ राती

अब फोनपे मार्फत अफलाइन भुक्तानी गर्न सकिने

प्रकाशित मिति

२०७९ माघ २२ गते, आईतवार ०३:५६

२२ माघ २०७९, काठमाडौँ: अहिलेसम्म फोपे मार्फत भुक्तानी गर्दा इन्टरनेटको जरुरी पर्ने भएकोमा अबदेखि फोनपे एपमार्फत अबदेखि बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै फोनपेले नयाँ फिचर सार्वजनिक गरेको हो । यसअन्तर्गत अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने गरी ‘फोनपे ट्याग’ तथा ‘कस्टमर प्रेजेन्टेड क्यूआर’ सेवा रहेका छन् ।

National Life

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले याे अफलाइन भुक्तानी सेवाको उद्घाटन गरिन् । साे अवसरमा ढुंगानाले भनिन्, ”यो नवीनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु । क्यूआरको लोकप्रियता दिन-प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्ष्यमा फोनपेको अफलाइन फिचर कोशेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गर्दछु ।”


कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । फोनपेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्ने बताइएकाे छ । यसका लागि कम्पनीले टोकनाइजेसन प्रविधिमा आधारित अफलाइन भुक्तानी सेवा ल्याएको छ ।

Classic Tech Desktop

‘फोनपे ट्याग’ (फोनपे ट्याप एन्ड गो) सेवाअन्तर्गत एनएफसी (नियर-फिल्ड कम्युनिकेसन) डिभाइस प्रयोगकर्ता (एन्ड्राेइड)ले क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । एनएफसी डिभाइस नभएका प्रयोगकर्ताको हकमा कम्पनीले ‘कस्टमर प्रेजेन्टेड क्यूआर’ सेवा ल्याएकाे छ, जुन प्रक्रियामा मर्चेन्टले सेवाग्राही (एन्ड्रोइड र आईओएस दुवै प्रयाेगकर्ता)को क्यूआर स्क्यान गरी भुक्तानी लिनसक्ने छन् ।


पोस मसिन लिन नसक्ने साना तथा मझौला व्यापारीका लागि यो सेवा उपयोगी हुने बताइएको छ । “अफलाइन भुक्तानी सेवाले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकका क्यासलेस अर्थतन्त्र बनाउने अभियानलाई पनि साकार पार्न मद्धत गर्छ,” फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले भने ।

प्रतिकृया