इसेवाबाट नेपाल वायुसेवा निगमको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सकिने
प्रकाशित मिति
२०७९ माघ २० गते, शुक्रबार ०१:५७
२० माघ २०७९, काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई E-sewa Portal पूर्ण रुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सक्ने प्रबन्ध गरेको छ । यसैगरी क्रमशः अन्य लोकल ध्बििभत बाट पनि सो व्यवस्था गरिने बताएको छ । अन्तर्राष्ट्रियतर्फ भने निगमको ध्भदकष्तभ मार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु केही समय अघिदेखि बिक्री भइरहेको पनि बताएको छ ।
त्यसैगरी, निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ । निगम पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा समेत रहेको छ ।
आम जनमानसमा निगमले उपलब्ध सिट समेत बिक्री नगर्ने लगायतको गुनासो यदाकदा सुन्नमा आउने गरेकोले यस विषयलाई स्पष्ट पार्नु निगमले आफ्नो कर्तव्य ठानेको बताएको छ । आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए तापनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराएको छ ।
विद्यमान अवस्थामा नेपाल वायुसेवा निगमले निम्न बमोजिम यात्रु सिट संख्या बिक्री गर्न सकिने जानकारी गराएको छ ।









प्रतिकृया