• २२ भदौ २०८३, सोमबार
  • ११ः०२ राती

बुधबार १०.३७ अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ०३:३१

११ माघ २०७९, काठमाडौँ: बुधबार सेयर बजार १०.३७ अंकले बढेको छ । मंगलबारदेखि बढेको बजार आज २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो । बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।

National Life

यस दिन ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ, वित्त र अन्य उपसूचकबाहेक अन्य सबै उपसूचक उकालो लागेको छ । बुधबार सबैभन्दा धेरै होटेल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् ।


यस दिन ग्रिनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र वलेफी हाइड्रोपावरको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । आरबीबी म्यूचअल फण्ड सबैभन्दा धेरै ५.७० प्रतिशतले घट्यो । जानकी फाइनान्स, पिपुल्स हाइड्रो, सेन्ट्रल फाइनान्ससहितका लगानीकर्ताले आज धेरै गुमाए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया