• २३ भदौ २०८३, मंगलबार
  • ६ः२३ बेलुका

आचार्यको आत्मदाहमा श्रद्धाञ्जलि दिएर मात्रै हामीलाई छुटकारा मिल्दैन : महामन्त्री शर्मा

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ०३:०९

११ माघ २०७९, काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् भवनअगाडि दिउँसै आगो लगाएर प्रेम आचार्यले गरेको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । बुधबार मध्यान्ह सामाजिक सञ्चालमार्फत कांग्रेस महामन्त्री शर्माले दु:खी बनेर र श्रद्धाञ्जलि दिएर मात्र हामीलाई उन्मुक्ति नमिल्ने बताए ।

National Life

‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर,श्रद्धाञ्जलि दिएर मात्र हामीलाई उन्मुक्ति मिल्दैन,’ उनले लेखेका छन् ।


नीति बदलिएर नपुगेको भन्दै थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी रहेको उनको भनाइ छ । ‘नीति बदलिएर पुगेन, थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ । उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ । केही फरक नसोची यो फरक बन्न सक्दैन ,’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया