• २६ भदौ २०८३, शुक्रबार
  • २ः०७ दिउँसो

बाल यौन दुराचारको मुद्दामा पाण्डे दोषी ठहर

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ०८:०१

११ माघ, २०७९, काठमाडौँ: जिल्ला अदालत काठमाडौँले बाल यौन दुराचारको आरोप लागेका मनोजकुमार पाण्डेलाई दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई बाल यौन दुराचारमा दोषी ठहर गर्दै ६ महिना कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।

National Life

उनीविरुद्ध गत असार १ गते जिल्ला अदालत काठमाडौँमा मानव बेचबिखन र बाल यौन दुर्व्यवहारको कसुरमा दुई वटा मुद्दा दर्ता भएका थिए। मानव बेचबिखनको मुद्दामा भने अर्को सुनुवाइबाट सजाय निर्धारण हुनेछ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भएमा एक महिनाभित्र अर्को सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था छ। अर्को सुनुवाइ माघ २३ गते हुनेछ।


एक सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा आफूमाथि आयोजक पाण्डेले बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन्। ती युवतीले आफूमाथि भएको घटनाबारे आठ वर्षपछि मात्रै बोल्ने हिम्मत गरेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

आठ वर्षअघि भएको घटनाको तत्कालीन कानुनमा भएको हदम्याद र त्यसपछि बनेको मुलुकी अपराध संहिता २०७४ ले दिएको हदम्यादसमेत नाघेपछि प्रहरीले हदम्याद आकर्षित नहुने मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत मुद्दा चलाएको थियो।


सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा बलत्कार भएको दाबी गरेकी युवतीविरुद्धको घट्नामा मानव बेचबिखनविरुद्धको मुद्दा र प्रहरी सम्पर्कमा आइ उजुरी दिएकी अर्की नाबालिकाको हकमा बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको थियो।

प्रतिकृया