• ११ असोज २०८३, आइतबार
  • १ः०६ राती

कानूनको अभावमा जनताको काम रोकिनु हुन्नः सभामुख घिमिरे

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार ०५:१८

९ माघ, २०७९, काठमाडौँ : सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधिसभा र प्रदेशसभाको बीचमा अनुभवहरुको आदान–प्रदान हुनुपर्ने बताएका छन्। सोमबार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले संसदीय भूमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदान–प्रदान हुनुपर्ने बताएका हुन्।

National Life

उनले प्रदेशसभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अफ्ठ्यारो सिर्जना भएको गुनासो आएको भन्दै ती कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताए। उनले ऐन कानुनहरु ठीक समयमा ठीक ढंगले बन्नुपर्ने बताए। कुनै पनि कानूनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उनले बताए।


सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भूमिका हुनेमा विश्वास व्यक्त गरे। उनले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको सुरुवात भएको बताए। संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भूमिका खेल्ने उनको भनाइ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया