• ३० साउन २०८३, शनिबार
  • ५:२८ बेलुका

प्रधानमन्त्री प्रचण्ड र डा. सन्दुक रुइतबीच भेटवार्ता

प्रकाशित मिति

२०७९ माघ ८ गते, आईतवार १०:२९

८ माघ, २०७९, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. सन्दुक रुइतबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र डा. रुइतबीच शनिबार साँझ भेटवार्ता भएको हो। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले तिलगंगा आखा प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।’

Kamana Sewa

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताएका थिए। ‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो।’

Classic Tech Desktop

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका थिए। भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए।

प्रतिकृया