• १४ असोज २०८३, बुधबार
  • २ः५१ दिउँसो

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

प्रकाशित मिति

२०७९ माघ ५ गते, बिहीबार ०८:४२

५ माघ, २०७९, दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिँदैछन् । आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्।

National Life

नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान छ।


लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरी एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सासदहरूकोसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। सत्तापक्षको स्पष्ट बहुमत देखिन्छ। प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन्। विश्वासको मत लिएपछी मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ।


अहिले दुई जना विनाविभागीय मन्त्री छन्। विश्वासको मत पश्चात् दुई जना मन्त्रीको जिम्मेवारी तोकिने र नयाँ मन्त्रीहरूसमेत नियुक्त गर्ने तयारी छ। प्रदेशमा मन्त्रालयको संख्या घटाउने मनस्थितीमा मुख्यमन्त्री गिरी पुगेका छन्। पहिलो मन्त्रीपरिषद् बैठकबाट एउटा मन्त्रालय घटाउँदै १२ मन्त्रालय बनाउने निर्णय भएको थियो। तर, फेरी दुई वटा मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी गरिएको स्रोतको दावी छ।


मुख्मन्त्री गिरीलाई समर्थन गरेका दलहरूलाई मन्त्रालय बाँडफाँटमा भने सकस देखिन्छ। साना राजनीतिक दलले समेत दुई वटा मन्त्रालयमा दावी गरेपछी सत्ता समीकरण मिलाउन झनै चुनौती बढेको हो।

प्रतिकृया