• १४ असोज २०८३, बुधबार
  • ३ः२९ दिउँसो

आज मधेश आन्दोलनको १६ वर्ष पूरा, बलिदान दिवस मनाइँदै

प्रकाशित मिति

२०७९ माघ ५ गते, बिहीबार १०:३०

५ माघ २०७९, काठमाडाैँ : प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

National Life

२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो । आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।


बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारसहित मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया