• ३१ भदौ २०८३, बुधबार
  • ७ः०६ बेलुका

युवा सहकारी संस्थाले बनायो त्रिबर्षीय रणनीति

प्रकाशित मिति

२०७६ श्रावण २० गते, सोमबार ११:३८

भक्तपुर,(नेस) । युवा बचत तथा ऋण सहकारी संस्था लि.ले आ.ब.२०७६/०७९ को त्रिबर्षिय रणनीतिक योजना तयार पारेको छ । संस्थाले गत शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको सञ्चालक, समिति–उपसमितिहरुको भेलाले आ.ब. २०७५/०७६ को आय–व्यय विबरण तथा बार्षिक प्रगती प्रतिवेदन र ०७६/०७७ को प्रस्तावित बजेटको छलफल एवं समिक्षा समेत गरेको छ ।

National Life

संस्थाले ‘सदस्यहरुको आर्थिक समृद्धिको लागि उत्कृष्ट वित्तिय सेवामा समर्पित सहकारी’को परिकल्पना तय गरी आगामी तीन बर्षभित्रमा कुल कारोवार ७० करोड पु¥याउने लक्ष्य लिएको अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिनुभयो । उहाँले कार्यक्षेत्रभित्रका समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक बिकासका लागि समयानुकुल बित्तिय तथा गैर बित्तिय सेवा प्रदान गरी समुदायको जीवन उत्थानका लागि कार्य गर्ने लक्ष्य संस्थाले लिएको बताउनुभयो ।

आ. ब.०७५/०७६ सम्ममा ३ हजार ७ सय १० सदस्य रहेको संस्थामा तीन बर्षभित्रमा ५ हजार सदस्य बढाउने योजना रहेको सचिव सोम शर्मा (बजगाईं)ले जानकारी दिनुभयो । संस्थाको शेयर पूँजि, निक्षेप संकलन, ऋण लगानी, संस्थागत तथा जनशक्ति विकास, क्षमता अभिबृद्धी, भाखा नाघेको ऋण व्यबस्थापन, समयानुकुल नीतिहरु संशोधनलगायतका बिषयको योजना निर्माण गरिएको सचिव बजगाईले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रकाश बास्तोला, लेखा सुपरिवेक्षण समिति संयोजक जयराम बास्तोला, सल्लाहकार संयोजक श्रीराम लामिछाने, व्यवस्थापक बिनोद लामिछानेलगायतले संस्थाको रणनीतिक योजनाले संस्थालाई मार्ग निर्देशन गरी गन्तव्य पहिल्याउन मद्दत पुग्ने बताउनुभयो ।

प्रतिकृया