• २८ भदौ २०८३, आइतबार
  • ४ः४३ बेलुका

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रकाशित मिति

२०७९ पुष २६ गते, मंगलवार ०८:४५

२६ पुस २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंलबार विश्वासकाे मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पुस १८ गते विश्वासकाे मत लिनका लागि व्यवस्था गर्न सांसद्लाई निवेदन दिएका थिए।

National Life

दाहाल एमालेसहित सात दलकाे समर्थनमा पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भइ ११ गते शपथ ग्रहण गरेका थिए । उनी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।


प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत ल्याउनुपर्ने प्रावधान रहेकाे छ । विश्वासकाे मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हिजाे बसेको पहिलाे संसद् बैठकमा प्रचण्डले सबै दलहरूसँग विश्वासको मत दिन अनुरोध गरेका थिए। साथै हिजाे बेलुका नै उनले प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटी विश्वासकाे मत दिन अनुराेध गरेका थिए ।


यसभन्दा अगाडि उनले पुस २९ मा विश्वासको मत लिने बताइएकाे थियाे ।

प्रतिकृया